
काठमाडौँ- शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० जना कार्यकर्ताहरू पक्राउ परेका छन् ।
नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा आयोजित प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नेपाल प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरू विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पस कमिटीहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।





































