
अघिल्लो आर्थिक वर्षको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेखित अनुगमन भत्ता सम्बन्धी विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरेर चरित्रा हत्या गर्ने काम गरेको भन्दै सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आपत्ति जनाएको छ ।
गाउँपालिकाका प्रवक्ता मणिराज बस्नेतले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले गाउँपालिका अध्यक्षको व्यक्तिगत फोटो प्रयोग गरी नियोजित ढंगले जनप्रतिनिधिको चरित्र हत्या गर्न खोजेको गम्भीर आरोप लगाएका हुन् ।
प्रेस विज्ञप्तीमा भनिएको छ
“सिमित श्रोत साधन र अधिक नागरिक अपेक्षा विचमा तालमेल हुन नसक्दा बर्तमान ब्यवस्था र जनप्रतिनिधि प्रतिको आक्रोस बढ्दै गईरहेको स्वभाविक हो । यही शिलशिलामा सकारात्मक काम र उपलब्धिहरु धेरै नै भएका छन् तर यस्को चर्चा गर्नु भन्दा बास्तविक्ता नबुझि नकारात्मक कुराहरुलाई अतिरन्जित तवरले सनसनिपूर्ण बनाउनु विडम्बनापूर्ण कुरा हो ।
यही सन्दर्भमा यस लिखुपिके गाउँपालिकाको अघिल्लो आ।व।को मलेप प्रतिवेदनमा पदाधिकारीहरुले अनुगमन भत्ता बुझेको विषयलाई केहि सामाजिक सञ्जाल प्रयोग कर्ताले विषयलाई तोडमोड गरि शैद्धान्तिक बेरुजु (नियमित गर्नु पर्ने) भएको विषयमा सिंगो गाउँपालिकालाई प्रहार गर्ने नियतका साथ पालिका अध्यक्षको ब्यक्तिगत फोटो राखेर वहाँको बद्नाम गर्ने मनशायका साथ गरिएको प्रयास प्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।
पालिकाका पदाधिकारीहरुले लिएको अनुगमन भत्ता कोशी प्रदेश सरकारले निर्धारण गरे बमोजिम कोशी प्रदेश भरिकै पालिकाका पदाधिकारीहरुले स्थानीय तह गठन भएदेखिनै बुझ्दै आएको स्पष्ट पार्न चाहान्छौँ । पालिकाका तत्कालिन कर्मचारीहरुको प्राविधिक त्रुटिका कारण अनुगमन प्रतिवेदन मलेपमा पेश गर्न छुटाएकाले नियमानुसार लिएको रकम शैद्धान्तिक बेरुजु मात्रै भएको कुरा स्पष्ट पार्न चाहान्छौँ ।
कमिकमजोरी कस्को हो नबुझि जनप्रतिनिधिलाई आक्रमण गरि सस्तो प्रचार गरेको प्रति गाउँपालिका खेद प्रकट गर्दछ । हामी जनप्रतिनिधि ईमान्दारपुर्वक पारदर्शिता र शुसासन प्रति प्रतिबद्ध भएर काम गरिरहेको सबै जनतालाई आश्वस्त पार्न चाहान्छौँ । तसर्थ पालिकामा कुनै भ्रष्टाचार नभएको र जनप्रतिनिधिले एक रुपैँया पनि तलमाथि नपारेको स्पष्ट पार्दै कुनै भ्रममा नपर्न अनुरोध गर्दछु । कुनै पनि स्वार्थ समुहको नकरात्मक अभिप्रायले बद्नाम गराउने अभिष्ट पुरा हुन नदिन गाउँपालिका प्रतिबद्ध छ ।”





































