जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ५ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ५ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ७ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १0 मिनेटutes अगाडि
  • होमपेज
  • एमाले रसुवाको अध्यक्षमा ढकाल सर्वसम्मत चयन

एमाले रसुवाको अध्यक्षमा ढकाल सर्वसम्मत चयन

रसुवा– नेकपा एमाले रसुवाको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् ।

मंगलबार सम्पन्न अधिबेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिमा पेम्बा तामाङ, सहसचिबमा चमेली गुरुङ र शुकबहादुर थोक्रा समेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् ।

२ दिन चलेको बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधीहरुले समूहगत छलफल तथा प्रस्तुति गरेर टिप्पणी तथा सुझाव समेटेर पासगरी नेतृत्व चयनमा छलफल गरेका थिए ।

जिल्ला कमिटीमा धेरै नयाँ अनुहार तथा युवा समेटिएका छन् । नेतृत्व नै नयाँ पुस्तामा हस्तान्तरण भएको एमाले रसुवा इन्चार्ज सोम मिश्रले जानकारी दिए ।

अधिबेशनलाइ पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ गते धुन्चेमा उद्घाटन गरेका थिए ।

अधिबेशनले जिल्लाभरबाट कुल ३ हजार १ सय ९ जना सदस्यबाट पाँच वटै गाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिशत, महिला ३३ प्रतिशत गरी अधिवेशनमा ३ सय ९० जना प्रतिनिधि सहभागी थिए ।

अध्यक्ष ढकाल यसअघि सचिवको जिम्मेवारीमा थिए । ०७० सालको संविधान सभा सदस्यमा निर्वाचित भएपछि एमालेको राजनीतिक नेतृत्वमा छन् । उपाध्यक्ष तामाङ २ पटक निर्वाचित गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष तथा पार्टीका पूर्व उपसचिव हुन् ।

सचिव तामाङ पूर्व प्रदेश कमिटी सदस्य तथा युवा नेता हुन् । उपसचिव गुरुङ २ पटक निर्वाचित उत्तरगया गाउँपालिका उपाध्यक्ष तथा जिल्ला नेतृ हुन् । त्यसै गरी लेखा कमिटीको संयोजक गोविन्द घिमिरे र सचिव कैसाङ डिण्डुप तामाङ रहेका छन् ।

जिल्ला अधिवेशन पछि नयाँ टिमलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा पार्टी जिल्ला इन्चार्ज सोम मिश्र, केन्द्रीय सदस्य माधव अर्याल, पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषद्का सदस्य छोवाङ तेन्जिङ तामाङले बधाई दिएका थिए । अध्यक्ष ढकालले अधिवेशन सफल पार्न सहयोग गर्ने अध्यक्ष मण्डल तथा निर्वाचन कमिटी लगायत सबैलाई धन्यवाद दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्