जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छः अध्यक्ष ओली

राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छः अध्यक्ष ओली

ललितपुर। नेकपा (एमाले)को दशौं केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको छ । जेन–जी आन्दोलन, प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनपछिको विशेष राजनीतिक परिस्थितिमा बसेको यो बैठक एमालेको केन्द्रीय तहको पहिलो पूर्ण बैठक हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमहरूबाट अघि बढेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउने क्षमता एमालेमा मात्र रहेको बताए । उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय र समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसअघि असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मंसिर अन्तिम साता पार्टीको ११औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।

बैठकमा समसामयिक प्रस्ताव लेखन समिति गठन गरिएको छ, जसमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, र विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेका छन् ।

त्यसैगरी, सबै केन्द्रीय सदस्यलाई तोकिएको समयमा बोल्ने अवसर उपलब्ध गराउने र बहस नोट संकलनका लागि पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका