जोडिनुहोस
  • होमपेज
  • सुन तोलामा ३६ सयले बढ्यो, अहिलेसम्मकै उच्च मुल्य कायम

सुन तोलामा ३६ सयले बढ्यो, अहिलेसम्मकै उच्च मुल्य कायम

काठमाडौँ । नेपाली बजारमा बजारमा सुनको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।

आज सुन तोलामा ३६ सयले बढेर अहिलेसम्मकै उच्च मुल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको जानकारी दिएको छ ।

यसअघि बुधबार सुन तोलामा एक लाख ८७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मुल्य भने सामान्य बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका