जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै: पूर्व पदाधिकारीबीच छलफल

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै: पूर्व पदाधिकारीबीच छलफल

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिदैगर्दा सभापति शेरबहादुर देउवानिकट पूर्व पदाधिकारीले आइतबार फेरी एकपटक छलफल गरेका छन् ।

सानेपामा भएको छलफलमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महामन्त्रीहरू पूर्वमहामन्त्रीहरू शशाङ्क कोइराला र कृष्णप्रसाद सिटौला तथा प्रवक्ता प्रकाश शरण महत सहभागी रहेका थिए ।

यसअघि सिंह, निधी र कोइरालाले यस्ता छलफल गर्ने गरेकोमा पछिल्लो समय सिटौला, श्रेष्ठ र डा. महत सहभागी भएको देखिएको छ ।

उनीहरू कांग्रेसको १५ औँ महाधिवेशनमा एकताबद्ध भएर जाने र देउवाको उत्तराधिकारी आफैभित्रबाट हुनुपर्ने विषयमा समान धारणा बनाउने प्रयास गरिरहेको बुझिएको छ ।

सभापति देउवाले आफूपछि उत्तराधिकारी को हुन्छ भन्ने स्पष्ट नगर्दा कांग्रेसका पुर्व पदाधिकारीहरुबीच अन्योलता रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका