जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान ८:३० बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

बैठक पार्टीका पूर्वसांसद एवं वरिष्ठ नेता ढुंढीराज शास्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्न र सम्मानपूर्वक अन्तिम बिदाइ गर्नका लागि बोलाइएको हो। शास्त्रीको ९३ वर्षको उमेरमा सोमबार निधन भएको थियो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ। बैठकमा हाल जारी संसद अवरोध र बजेटसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ।

यसअघि कांग्रेसको नियमित केन्द्रीय समिति बैठक असार १५ गतेदेखि बस्ने तय भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका