जोडिनुहोस
  • होमपेज
  • निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी : गृहमन्त्री अर्याल

निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी : गृहमन्त्री अर्याल

काठमाडौँ ।गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनपछि सिर्जित विशेष परिस्थितिमा स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन्।

आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगमा भएको छलफलमा मन्त्री अर्यालले यस प्रदर्शनले जनतामाझ पुनः जाने वैधानिक अवसर प्रदान गरेको उल्लेख गरे। उनले अब सबैलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

सो अवसरमा मन्त्री अर्यालले प्रविधिको प्रयोग गरी विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार र जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउन पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिएका छन्। निर्वाचन आयोगले पनि छलफलमा आफ्नो तयारी र सरकारसँगको अपेक्षा प्रस्तुत गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका