जोडिनुहोस
  • होमपेज
  • जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका–२ मा चट्याङ लागेर चराउन लगिएका २२ वटा च्याङ्ग्राको मृत्यु भएको छ भने दुई जना गोठाला बेहोस भएका छन्।

महादेव सामुदायिक वनमा च्याङ्ग्रा चराएर फर्किरहेका गोठी गाउँका हिराबहादुर ऐडी र धनकृष्ण रोकायले चट्याङको झट्का बेहोस भए। झुलेनी खोला पारीको पाखामा चट्याङ पर्दा हिराबहादुरका १६ र धनकृष्णका ६ वटा च्याङ्ग्रा मरेका हुन्।

स्थानीय वीरेन्द्र बुढाका अनुसार चट्याङ लागेर दुवै जना करिब एक घण्टासम्म होसविहीन अवस्थामा थिए। पछि होश खुलेपछि हिराबहादुरले गाउँमा फोन गरी उद्धार मागेका थिए। राति करिब ९ बजे उनीहरूलाई घर ल्याइएको थियो।

धनकृष्णको खुट्टामा चोट लागेको र हिँड्न नसक्ने अवस्थाका कारण अहिले अस्पताल लैजाने तयारी भइरहेको छ। चट्याङबाट च्याङ्ग्रामा भएको क्षति करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको भएको वडाध्यक्ष दीपबहादुर ऐडीले जानकारी दिए।

वडाध्यक्ष ऐडीले पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गराउन गाउँपालिका अध्यक्षसँग पहल थालिएको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका