
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू रिहा भएका छन् ।काठमाडौँ प्रहरी परिसरले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई रिहा गरेको हो ।
सिंहदरबारमा साङ्केतिक प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो लिङदेन सहितका नेताहरू पक्राउ परेका थिए ।पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत ७ जना थिए ।