जोडिनुहोस
  • होमपेज
  • सूचना नपाएको सूचना अधिकारीको गुनासो

सूचना नपाएको सूचना अधिकारीको गुनासो

खोटाङ । दिक्तेलमा मंगलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूले आफ्नै कार्यालयबाट सूचना नपाएको गुनासो गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले पत्रकार र नागरिकलाई सूचना दिन आनाकानी गर्ने बताउँदै “म स्वयं सूचना अधिकारी हुँ तर मलाई नै सूचना प्राप्त हुँदैन,” भनेका छन् । उनका अनुसार अन्य सूचना अधिकारीहरूको पनि यस्तै गुनासो छ ।

नेपाल पत्रकार महासङ्घ खोटाङ शाखा अध्यक्ष हरिवोल आचार्यले महालेखा परीक्षकको प्रतिवेदनका आधारमा समाचार लेख्दा समेत पत्रकारविरुद्ध विज्ञप्ति निकालिने गरेको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचनाको हक मौलिक अधिकार भएकाले पत्रकार र नागरिकलाई आवश्यक समयमा सूचना उपलब्ध गराउन कुनै पनि कार्यालयले आनाकानी गर्न नहुनेमा जोड दिइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका