जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • अमेरिकी राष्ट्रपतिका रूपमा डनल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरू, अमेरिका–मेक्सिको सीमामा संकटकाल घोषणा

अमेरिकी राष्ट्रपतिका रूपमा डनल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरू, अमेरिका–मेक्सिको सीमामा संकटकाल घोषणा

काठमाडौं। डनल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिएसँगै ट्रम्पको दोस्रो कार्यकालको सुरूआत भएको छ ।

उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ गराएका हुन् । यसअघि उनले सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेका थिए ।

यस्तै उपराष्ट्रपति जेडी भ्यान्सले समेत पद तथा गोपनीयताको शपथ लिएका छन्। ट्रम्पको शपथ ग्रहण समरोहमा स्वदेश तथा विश्वका नेताहरूको उपस्थिति थियो । शपथपछि ट्रम्पले २० जनवरीलाई मुक्ति दिवसको रूपमा घोषणा समेत गरे । उनले अमेरिकाको पतनको बाटो समाप्त भएको पनि दाबी गरेका छन्।

ट्रम्पले थुप्रै कार्यकारी आदेशमा हस्ताक्षर पनि गर्नुभएको छ । जसमा पेरिस जलवायु सम्झौतादेखि अभिव्यक्ति स्वतन्त्रतालाई कार्यान्वयनमा ल्याउन संघीय सरकारलाई निर्देशन दिने आदेश छन् । ट्रम्पले अमेरिकामा मृत्युदण्डलाई पुनर्बहाली गर्ने बताइएको छ । निष्पक्ष न्याय सुनिश्चित गर्ने कार्यकारी आदेशमा समेत ट्रम्पले हस्ताक्षर गरेका छन् । यस्तै सबै प्रकारका सेन्सरशिप अन्त्य, अमेरिकाको सार्वभौमिकता कायम राख्ने विषयमा समेत उहाँले कार्यकारी आदेश जारी गरेका छन् ।

यस्तै बाइडनका करिब ७८ वटा कार्यकारी आदेशलाई ट्रम्पले खारेज गरिदिएका छन् । महँगीलाई समाप्त गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिने सम्बन्धी आदेशमा समेत ट्रमपले हस्ताक्षर गरेका छन्। अमेरिकी इतिहासमै अहिलेसम्मकै कडा निर्वासन कारबाही गर्ने प्रतिबद्धता समेत ट्रम्पले जनाएका हुन् ।

यस्तै, रूस–युक्रेन युद्ध अन्त्य गर्ने र इजरायल र हमासबीचको युद्धविरामलाई स्थायी शान्तिमा बदल्ने उनको भनाइ छ । ट्रम्पले मेक्सिको खाडीको नाम परिवर्तन गरी अमेरिकी खाडी राखिने पनि बताए ।

यस्तै मेक्सिकोको सिमानामा पर्खाल बनाइने, पनामा क्यानललाई फिर्ता लिइने, लागूऔषध कारोबारीलाई आतंककारी घोषणा गरिने र घरेलु तेल उत्पादन बढाइने ट्रम्पको भनाइ छ ।

यस्तै ट्रम्पले राष्ट्रिय ऊर्जा आपत्कालको घोषणा पनि गरेका छन् । शुल्क संकलन गर्न सरकारी एकाइ गठन, विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने योजना रद्द, अमेरिकी सेनालाई अरूको युद्ध लड्न नपठाउने, योग्यलाई प्राथमिकता दिइने, दक्षता विभागको सल्लाहकार समितिको गठन र तेस्रो लिङ्गीलाई उन्मूलन गर्ने घोषणा समेत गरेका छन्।

ट्रम्पको पुनरागमनमा बाइडनले बधाई दिँदै उनलाई ह्वाइट हाउसमा स्वागत गरेका थिए ।

छुटाउनु भयो कि?