जोडिनुहोस
  • होमपेज
  • १० महिनामा व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो, निर्यातमा ७३ प्रतिशत वृद्धि

१० महिनामा व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो, निर्यातमा ७३ प्रतिशत वृद्धि

काठमाडौँ। चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले आज (बुधबार) सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढी हो।

आर्थिक वर्ष २०८०/८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म १४ खर्ब ७४ अर्ब १८ करोडको वस्तु आयात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिमा १३.११ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको वस्तु आयात भएको थियो।

साउनदेखि वैशाखसम्म निर्यात व्यापार ७३ प्रतिशतले बढेको छ। विभागको तथ्याङ्कअनुसार १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोडको वस्तु निर्यात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ७२.७१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको १० महिनामा एक खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics