जोडिनुहोस
  • होमपेज
  • नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर विश्वनाथ पौडेलको नियुक्तिपछि डेपुटी गभर्नरहरू निलम ढुङ्गाना र बमबहादुर मिश्रबीच कार्य क्षेत्रको नयाँ विभाजन गरिएको छ।

अब निलम ढुङ्गानाले बैंक तथा वित्तीय संस्था नियमन, लघुवित्त, विदेशी विनिमय व्यवस्थापन, मुद्रा व्यवस्थापन, सूचना प्रविधि लगायतका प्रमुख विभागहरू सम्हाल्नेछिन्। प्रदेश कार्यालयहरूमाथिको निगरानीको जिम्मा पनि उनीसँगै हुनेछ।

अर्का डेपुटी गभर्नर मिश्रले बैंक सुपरिवेक्षण, मौद्रिक नीति, भुक्तानी प्रणाली, मानव संसाधन र वित्त व्यवस्थापनजस्ता महत्वपूर्ण विभागहरूको नेतृत्व गर्नेछन्। गभर्नरको कार्यालय भने सिधै गभर्नरकै मातहत रहने व्यवस्था यथावत् छ।

महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि केही समय ढुङ्गाना कार्यवाहक गभर्नर बनेकी थिइन्, जसक्रममा सबै विभागहरूको जिम्मा मिश्रले सम्हालेका थिए। अब नयाँ गभर्नर आएपछि जिम्मेवारी पुनः बाँडफाँट गरिएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका