जोडिनुहोस
  • होमपेज
  • तय मितिमा फेरबदल, कांग्रेस केन्द्रीय समिति बैठक अब असार १६ गते बस्ने

तय मितिमा फेरबदल, कांग्रेस केन्द्रीय समिति बैठक अब असार १६ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तय मितिमा नबसी एक दिन पछाडि सारिएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार असार १५ गते बस्ने भनिएको बैठक अब असार १६ गतेका लागि सारिएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बैठक सारिएको जानकारी दिइएको छ। उनका अनुसार, अब बैठक असार १६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ। यद्यपि बैठक सारिनुको कारणबारे भने विज्ञप्तिमा स्पष्ट उल्लेख गरिएको छैन।

स्मरणीय छ, कांग्रेसको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको सांगठानिक गतिविधि तथा आगामी रणनीति जस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances