जोडिनुहोस
  • होमपेज
  • बाढीले ताप्लेजुङको बेलिब्रिज बगायो, अरुण नदी आसपास सतर्कता अपनाउन आग्रह

बाढीले ताप्लेजुङको बेलिब्रिज बगायो, अरुण नदी आसपास सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज अविरल वर्षापछि आएको बाढीले बगाएको छ। हेल्लोक र सिम्बुवा खोलामा आएको बाढीले पुल बगाउँदा स्थानीय यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।

बाढीपछि तमोर नदीको बहावसमेत बढेको छ। चार वर्षअघि रेमिट हाइड्रोपावर कम्पनीले निर्माण गरेको उक्त बेलिब्रिज क्षतिग्रस्त भएपछि स्थानीयमा थप समस्या भएको छ।

यसैबीच, सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले अरुण नदी र आसपासका खोलानालामा बाढीपहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकाले अरुण नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन प्रशासनले अनुरोध गरेको हो।

अत्यधिक वर्षासँगै आकस्मिक बहाव र पहिरोको सम्भावना रहेकाले कमजोर जमिन तथा भिरालो क्षेत्रका वासिन्दालाई सुरक्षित रहन सूचना जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि अझै थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options