
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयकलाई फास्टट्रयाकमार्फत पारित गर्न गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन्। उनका अनुसार, अहिले घुस प्रकरणमा मुछिएका मन्त्री पदमा रहेकै अवस्थामा यस विधेयकलाई फास्टट्रयाकबाट पास गर्न प्रस्ताव गर्नु शंकास्पद छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी हाल पोखरा जग्गा घुस प्रकरणमा संलग्न रहेको आरोपमा मुछिएका छन्। यसैगरी, लिंचीबारी घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता हाल राजीनामा दिइसकेका छन्। यद्यपि, बलराम अधिकारीले पदबाट राजीनामा दिएका छैनन्।
कोइरालाले यो अवस्थामा विधेयक पारित गर्नका लागि प्रस्ताव गर्नु “प्रसस्त शंका उब्जाउने” कुरा बताएका छन्। उनले भने, “एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै पदमै रहनु र भूमि विधेयकलाई फास्टट्रयाकबाट पास गर्न प्रस्ताव गर्नु शंकास्पद छ। यो अवस्थालाई दुई छुट्टाछुट्टै रूपमा लिन सकिँदैन। नेपाली कांग्रेसले सरकारबाट सुशासनको माग गरेको छ, यो होइन।”
कोइरालाले भूमि विधेयकमा गहन छलफल गर्न र पोखरा जग्गा (लिंचीबारी) प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियाहरूको निष्पक्ष छानबिन गर्न समेत आग्रह गरेका छन्।





































