जोडिनुहोस
  • होमपेज
  • केरुङमा फसेका २०३ नेपाली आज तातोपानी नाकाबाट स्वदेश फर्काइँदै

केरुङमा फसेका २०३ नेपाली आज तातोपानी नाकाबाट स्वदेश फर्काइँदै

काठमाडौँ। नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा असार २४ गते आएको बाढीले नेपाल–चीन मितेरी पुल बगाएपछि चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदैछ।

पुल अवरुद्ध हुँदा केरुङमा अड्किएका नेपाली नागरिकलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश ल्याउन लागिएको हो। उनीहरूलाई रसुवाबाट फर्काउन नसकिने भएपछि वैकल्पिक रूपमा तातोपानी मार्ग प्रयोग गरिएको छ।

गत सोमबार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर नेपाली नागरिकको उद्धार तथा नेपाल–चीनबीच अस्थायी पुल निर्माण, मितेरी पुलको पुनर्निर्माण, र मौसमसम्बन्धी सूचनाको आदानप्रदानबारे कूटनीतिक पहल गर्न आग्रह गरेका थिए।

यसका आधारमा आज चिनियाँ भूमि हुँदै २०३ नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश फर्काइँदैछ। तीमध्ये सवारी चालक, बिरामी, नियमित औषधि सेवन गर्ने तथा औषधि सकिएका व्यक्तिहरू रहेका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार तातोपानी नाकाबाट नेपाल फर्कने नेपालीका लागि काठमाडौँसम्मको यातायात व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भू–भागमा चीन सरकारले आवश्यक व्यवस्थापन मिलाएको छ।

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएकाले तातोपानी नाका प्रयोग गरिएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного