जोडिनुहोस
  • होमपेज
  • हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको कदममा अदालतको रोक

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको कदममा अदालतको रोक

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कदमलाई त्यहाँको अदालतले रोक लगाएको छ ।

बोस्टनको संघीय अदालत अन्तर्गतको जिल्ला अदालतले विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्ड विश्वविद्यालयको अधिकार खोस्ने ट्रम्प प्रशासनको कदमलालाई रोक लगाएको हो ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार न्यायाधीश एलिसन बुरोजले ट्रम्प प्रशासनको उक्त कदममा अस्थायी रोक लगाएका हुन् । अदालतको उक्त आदेशले हजारौं विदेशी विद्यार्थीहरूलाई तत्काल राहत प्रदान गरेको छ । यो मुद्दामा अर्को सुनुवाइ नहुन्जेलका लागि विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार सुरक्षित भएको छ ।

बिहीबार ट्रम्प प्रशासनका गृह मन्त्री कृष्टि नोयमले विश्वविद्यालयलाई पत्राचार गर्दै विदेशी विद्यार्थी भर्ना अधिकार खोसेको थियो । ट्रम्प प्रशासनले हार्वर्डले यहूदी विरोधी भावना विरुद्ध लड्न र भर्ना अभ्यासहरू परिवर्तन गर्न पर्याप्त काम नगरेको लगायतका आरोप लगाएको छ । तर त्यो आरोपलाई विश्वविद्यालयले अस्वीकार गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका