जोडिनुहोस
  • होमपेज
  • कतार आक्रमणपछि रद्द भएको दोहा उडान आज १२ बजेका लागि पुनः तय, यात्रुहरू रातभर अलपत्र

कतार आक्रमणपछि रद्द भएको दोहा उडान आज १२ बजेका लागि पुनः तय, यात्रुहरू रातभर अलपत्र

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द गरिएको दोहातर्फको नेपाल एयरलाइन्सको उडान आज (मंगलबार) मध्याह्न १२ बजेका लागि पुनः तय गरिएको छ । हवाई मार्ग खुलिसकेको र अवस्था शान्त बन्दै गएकाले उडान समय निर्धारण गरिएको एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो । तर, सुरक्षा कारणले उडान रद्द गरिएपछि वैदेशिक रोजगारीका लागि कतार जान लागेका धेरै यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातभर अलपत्र परेका थिए ।

इरानको आक्रमणपछि खाडी मुलुकहरूमा हवाई उडानहरू प्रभावित भएका छन् । सोमबार राति विमानमा बोर्डिङको तयारी भइरहेकै बेला अचानक उडान रद्द गरिएपछि यात्रुहरूलाई समस्या परेको हो । विमानस्थलमा रातिदेखि नै दर्जनौं यात्रुहरू बसिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका