जोडिनुहोस
  • होमपेज
  • कुलिङ पिरियड विवाद : छानबिन समितिको सोधपुछ अन्तिम चरणमा, प्रतिवेदन आउने तयारी

कुलिङ पिरियड विवाद : छानबिन समितिको सोधपुछ अन्तिम चरणमा, प्रतिवेदन आउने तयारी

काठमाडौं । सरकारी नियुक्तिमा कुलिङ पिरियडु को गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष समिति अब अन्तिम चरणमा पुगेको छ। समितिले प्रमुख सचिवदेखि विभिन्न मन्त्रालयका सचिव, कानुन तथा सुशासन समितिका प्रमुखहरू, र प्रमुख सचेतकहरूसँग विस्तृत रूपमा सोधपुछ गरिसकेको छ।

समितिका अनुसार सोधपुछ लगभग सकिएको छ र अब प्रतिवेदन लेख्ने तयारी भइरहेको छ। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपाका प्रतिनिधिहरू सम्मिलित सात सदस्यीय समितिले असार २३ मा आफ्नो काम सुरु गरेको थियो।

सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म कुनै पनि संवैधानिक वा कुटनीतिक पद नपाउने ‘कुलिङ पिरियड’ व्यवस्था लागू गर्न विधेयक पारित गरिएको थियो। तर विधेयकमा यस्तो प्रावधान निष्क्रिय हुने गरी संशोधन भएको भन्दै विशेष समिति गठन गरिएको हो।

सोधपुछ सकिएपछि समिति प्रतिवेदन तयार गर्दैछ, जसले कुलिङ पिरियडको गम्भीरता र त्यसको कार्यान्वयनबारे संसदीय सुझाव दिनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका