जोडिनुहोस
  • होमपेज
  • विदेशी लगानी र आर्थिक कूटनीतिमा जोड : उद्योग परिसंघको सरकारसँग सक्रिय संवाद

विदेशी लगानी र आर्थिक कूटनीतिमा जोड : उद्योग परिसंघको सरकारसँग सक्रिय संवाद

काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टाछुट्टै छलफल गर्दै वैदेशिक लगानी, कानुनी सुधार र स्वदेशी उत्पादन प्रवर्द्धनबारे गहन छलफल गरेको छ।

परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक लक्ष्य हासिल गर्न आर्थिक कूटनीति सक्रिय बनाउने र वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण बनाउने आवश्यकता औंल्याए। उनले भने, ूदेशको अर्थतन्त्रलाई १ खर्ब डलरसम्म पुर्‍याउने हाम्रो लक्ष्य छ, र त्यसका लागि वैदेशिक लगानी अपरिहार्य छ। परराष्ट्रमन्त्री देउवाले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै कानुनी र नीतिगत सुधारहरू भइरहेको जानकारी दिइन्। उनले स्वदेशी उत्पादनको प्रयोगलाई अनिवार्य बनाउने तयारीसमेत भइरहेको बताइन्।

मुख्यसचिव अर्यालले सरकार उद्योग र निजी क्षेत्रप्रति सकारात्मक रहेको भन्दै आर्थिक विकासमा साझेदारी आवश्यक रहेको बताए। उनले हाल झन्डै १२० वटा कानुन संशोधन प्रक्रियामा रहेको जानकारी दिँदै, ूस्वदेशी वस्तुको प्रयोग प्रोत्साहन गर्न सार्वजनिक निकायहरूमा नयाँ निर्देशिका कार्यान्वयन हुँदैछ, भने।

दुबै बैठकहरूमा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई मजबुत बनाउँदै आगामी दशकमा आर्थिक वृद्धिमा गति ल्याउने साझा उद्देश्य झल्किएको देखिन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond