जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन : साढे १६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : साढे १६ अंकले बढ्यो नेप्से

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.४३ अंकले बढेर बन्द भएको छ ।

सेसन अवधिमा नेप्से १६.४३ अंकले बढेर २६७८.५१ को विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.४४ अंकले बढ्यो । सेसन अवधिमा ५६ कम्पनीको ५० हजार ७५८ कित्ता शेयर किनबेच हुँदा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये ३६ कम्पनीको मूल्य बढ्दा १७ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

धेरै टिप्पणी गरिएका