जोडिनुहोस
  • होमपेज
  • ग्वार्को ओभरपासमा असार १ गतेदेखि गाडी चल्ने

ग्वार्को ओभरपासमा असार १ गतेदेखि गाडी चल्ने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपास जेठको अन्त्यसम्ममा पूरा हुने बताउनुभएको छ । आज स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले काम अन्तिम चरणमा पुगेको भन्दै असार १ गतेदेखि गाडी चलाउने जानकारी दिनुभयो । २०७८ सालदेखि निर्माण शुरू भए पनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उहाँको भनाइ थियो ।

चार लेनको ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८५ मिटर लामो छ । अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि ग्वार्को चोकमा भइरहेको जामको समस्या समाधान हुने अपेक्षा छ । कोटेश्वर–कलङ्की आवातजावात गर्ने गाडीले ओभरपास प्रयोग गर्ने भएकाले चोकमा रोकिन पर्दैन । यसलाई नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना दाबी गरिएको छ ।

सडक विभागले सातदोबाटो र एकान्तकुनामा पनि ओभरपास बनाउन सम्भाव्यता अध्ययन गरिसकेको छ । ग्वार्कोको सिकाइबाट सङ्घीय राजधानी काठमाण्डौ उपत्यकाका व्यस्त चोकहरूको ट्राफिक जाम घटाउने संरचना बनाउन अनुभव हुने सडक विभागको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका