जोडिनुहोस
  • होमपेज
  • तीनकुने हिंशात्मक प्रकरणमा मिश्र र राणामाथि चार र प्रसाईँमाथि छ राज्यविरुद्धको मुद्धा दर्ता

तीनकुने हिंशात्मक प्रकरणमा मिश्र र राणामाथि चार र प्रसाईँमाथि छ राज्यविरुद्धको मुद्धा दर्ता

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्थाको समर्थनमा भएको प्रदर्शनले कानुनी मोड लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित ६५ जनाविरुद्ध राज्यविरुद्धको कसुर लगायत चारवटा मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको छ।

मिश्र र राणामाथि प्रमूख चार मुद्धा दर्ता गरिएको छ । राज्यविरुद्धको कसुर,आपराधिक उपद्रव,सङ्गठित अपराध र एकीकृत कसुरअन्तर्गत सजायको माग गरिएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेलेका अनुसार, ११ जना प्रतिवादी अझै फरार रहेका छन्। बाँकीलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।

चैत १५ गते विवादास्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईँ र राप्रपाको आन्तरिक नेतृत्वमा भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। सरकारी धारणा अनुसार, सो प्रदर्शन संविधानविरोधी र राज्यसंरचना अस्थिर बनाउने नियतसहित गरिएको भन्ने निष्कर्षमा सरकारी वकिल पुगेको छ। यसै घटनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि प्रतिवादीका रूपमा अभियोगित छन्। प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका