जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • १२ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • १४ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १४ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १६ घन्टा अगाडि
  • १६ घन्टा अगाडि
  • होमपेज
  • मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु

दमौली (तनहुँ)। मुग्लिन-पोखरा सडक विस्तार परियोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु भएको छ। यसअघि सोही खण्डको मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्रे सम्पन्न भइसकेको छ।

मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा अहिले एकतर्फी कालोपत्रेको काम भइरहेको जानकारी दिए। पूर्वी खण्डका अन्य स्थानमा कालोपत्रेको काम अन्तिम चरणमा पुगे पनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाइ भएका कारण काममा केही ढिलाइ भएको उनले बताए। आयोजनाका अनुसार यो खण्डको काम ८२.९५ प्रतिशत सम्पन्न भएको छ।

चार लेनतर्फ ३३.५६ किलोमिटर र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्रे सकिएको छ। इन्जिनियर पाण्डेले हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्रे भएको जानकारी दिए।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। विसं २०२६ मा रेखाङ्कन भएको यो सडकमा सवारी चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs