जोडिनुहोस
  • होमपेज
  • सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने

सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने

जनताको सेवा प्रवाहलाई थप सहज बनाउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ।

प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनको लागि अगाडि बढाउने छ। गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनको लागि एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ।