जोडिनुहोस
  • होमपेज
  • हुम्लासम्म सडक पुगेपछि प्रधानमन्त्री ओलीको खुशी

हुम्लासम्म सडक पुगेपछि प्रधानमन्त्री ओलीको खुशी

काठमाडौं।दशौँ वर्षदेखि सडक पहुँचबाट टाढा रहेको हुम्लामा सडक पुगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेको उल्लेख गर्दै दशकौं पुरानो सपना पूरा हुन लागेको प्रतिक्रिया दिएका हुन्।

उनले सडक विस्तारसँगै हुम्लाको खार्पुनाथमा निर्माणाधीन पुल पनि अन्तिम चरणमा पुगेको जनाएका छन्। उक्त पुल उद्घाटनको तयारी भए पनि मौसमका कारण केही समयलाई सारिएको छ।

प्रधानमन्त्री ओलीका अनुसार अब सिमकोट हुँदै हिल्सा नाका जोडिनेछ, जसले नेपाल र चीनबीचको भौगोलिक सम्बन्ध थप मजबुत हुने विश्वास उनले व्यक्त गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14