जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ८ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • १0 घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १0 घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १२ घन्टा अगाडि
  • १२ घन्टा अगाडि
  • होमपेज
  • आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। व्यापारमा गरेको लगानी सुस्त हुनेछ। राजनीतिक क्षेत्रमा कुरा काट्ने साथी सक्रिय छन्। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

वृषः दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा नाफा हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्नै छ।

मिथुनः दिन सामान्य छ। बोलीका कारणले साथीभाइ टाढा पुग्नेछन्। राजनीतिक क्षेत्रमा षड्यन्त्रमा पर्ने जोखिम छ। परिवारको साथमा भने रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कटः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। राजनीतिमा पहुँच विस्तार हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। संकटमा अभिभावकको सुझाव लिनु उपयुक्त हुन्छ।

सिंहः दिन राम्रो छ। मन प्रशन्न रहने छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट हौसला मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्याः दिन सामान्य छ। खर्च बढ्नेछ। विपक्षीले साथ दिँदै गर्दा विश्वास पात्रसँग सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा संकट आइपर्ने छ।

तुलाः दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने दिन छ। काममा व्यस्त हुँदा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा र व्यापारको क्षेत्रमा भने नाफा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिकः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ कामको सुरुवात हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

धनुः दिन सामान्य छ। विवाद बढ्नेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। परिवारको भूमिकाले तपार्इंलाई दुःखी बनाउने खतरा छ। सम्भव भएसम्म राजनीतिबाट टाढा रहनु उचित हुन्छ।

मकरः दिन सामान्य छ। खानपानमा समस्या हुनेछ। स्वास्थ्यले साथ दिए पनि सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। परिवारमा कामको बोझ थपिने छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भः दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। व्यापारमा प्रगति हुनेछ। शनिको प्रभावले मन उदास बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीनः दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। शिर दर्द बढ्ने जोखिम छ। सामाजिक क्षेत्र र शिक्षामा सुधारका संकेत देखिने छन्। खर्च बढ्ने जोखिम छ। परिवारले नकारात्मक टिप्पणी गर्ने भएकाले सचेत बन्नु उचित हुन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs