जोडिनुहोस
  • होमपेज
  • वर्तमान सरकार निरन्तर चल्ने, नयाँ सरकार गठनको कुनै सम्भावना छैन : नेता सिटौला

वर्तमान सरकार निरन्तर चल्ने, नयाँ सरकार गठनको कुनै सम्भावना छैन : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले हाल नयाँ सरकार गठन हुने कुनै सम्भावना नरहेको बताएका छन्।

आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले वर्तमान अवस्थामा कुनै एक दलको स्पष्ट बहुमत नभएको र सरकार परिवर्तनको परिस्थिति नदेखिएको बताए।

‘कसैको बहुमत छैन। प्रचण्डजीले सरकार नछोडेका भए, त्यही सरकार चलिरहन्थ्यो होला। यो एउटा विशेष परिस्थितिमा निर्माण भएको सरकार हो। वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन। तर, यो सरकार निरन्तर जान्छ, किनभने यसको विकल्प देखिँदैन,’ सिटौलाले भने।

उनले थपे, ‘अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै छैन। जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले आफ्नो कार्यकाल पूरा गर्नेछ।’

सिटौलाले संविधानको कार्यान्वयनको समीक्षा गर्दै आवश्यक परे संशोधन गर्ने विषयमा सरकार कार्यदल गठन गरेर अघि बढ्ने तयारीमा रहेको जानकारी पनि दिए।

धेरै टिप्पणी गरिएका