जोडिनुहोस
  • होमपेज
  • धर्मनिरपेक्षता र समावेशितालाई कांग्रेसले मान्यता दिन्छ : सभापति देउवा

धर्मनिरपेक्षता र समावेशितालाई कांग्रेसले मान्यता दिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा सुनिश्चित धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिकता र समावेशिताको कार्यान्वयनमा पार्टीको दृढता पुनः पुष्टि गरेका छन्।

बुधवार काठमाडौंमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले आदिवासी जनजाति र अन्य समुदायको अधिकार संरक्षणमा कांग्रेस निरन्तर लागिरहेको बताए। उनका अनुसार, संविधान संशोधनको प्रसंगमा कांग्रेसले आदिवासी जनजातिले पाएका उपलब्धिहरूलाई सुरक्षित राख्दै थप प्रगतिशील बनाउने लक्ष्य राखेको छ।

देउवाले आदिवासी समुदायका चाडपर्वलाई राष्ट्रिय स्तरमा मान्यता दिने काम कांग्रेस नेतृत्वको सरकारले सुरु गरेको स्मरण गराए। साथै, परम्परागत ज्ञान र सीप संरक्षणमा कांग्रेसको प्रतिबद्धता पनि दोहोर्‍याए। उनले आदिवासी जनजाति आयोग, थारु आयोग, र उत्थान प्रतिष्ठानहरूलाई थप प्रभावकारी बनाउन स्रोत साधन सुनिश्चित गर्ने पार्टीको प्राथमिकता रहेको बताए।

सभापति देउवाले निष्कर्षमा भने, नेपाली कांग्रेस आदिवासी जनजाति र समुदायहरूको सशक्तीकरणका लागि सधैं क्रियाशील रहनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV