जोडिनुहोस
  • होमपेज
  • एमाले अछाम अधिवेशनमा विवाद : निर्वाचनको माग गर्दै प्रतिनिधि आक्रोशित

एमाले अछाम अधिवेशनमा विवाद : निर्वाचनको माग गर्दै प्रतिनिधि आक्रोशित

काठमाडौं । नेकपा एमाले अछामको अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ। अध्यक्षका आकांक्षी चन्द्र बोहरा र बम बहादुर बीसीले निर्वाचन प्रक्रिया तत्काल थाल्न निर्वाचन समितिको ध्यानाकर्षण गराएका हुन्।

निर्वाचन कार्यतालिका अनुसार वैशाख १४ गतेदेखि निर्वाचन प्रक्रिया अघि बढाउने भनिएको भए पनि हालसम्म प्रक्रिया अगाडि नबढाइएकाले असन्तुष्टि चुलिएको छ।

सर्वसम्मत नेतृत्व चयनका लागि गठन गरिएको अध्यक्ष मण्डलले बहुमत प्रतिनिधिहरुको भावना विपरीत नेतृत्व घोषणा गर्न खोजेको भन्दै प्रतिनिधिहरु आक्रोशित भएका छन्।

होटलमा बैठक गर्दै आएको अध्यक्ष मण्डललाई प्रतिनिधिहरुले घेराउ समेत गरेका छन्। अधिवेशनमा सहभागी ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा उभिएका छन्।

उनीहरुले निष्पक्ष निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन जोडदार माग गरेका छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to calculate predetermined overhead rate