
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा १५ सयले घटेर तोलाको एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।