जोडिनुहोस
  • होमपेज
  • साम्बालाई राष्ट्रिय टोलीको कप्तानी दिइएको एन्फाको भनाइ

साम्बालाई राष्ट्रिय टोलीको कप्तानी दिइएको एन्फाको भनाइ

एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ(११ सार्वजनिक गर्दा कप्तानको रुपमा मिडफिल्डर रेनुका नगरकोटे भएको उल्लेख गरिएको थियो ।

तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही छिनमै आफ्नो सूचना सच्याएको छ। एन्फाले कप्तान फरवार्ड सावित्रा भण्डारी सम्बालाई दिएको जनाएको छ। सावित्रले पहिलो पटक औपचारिक रुपमा नेपालको कप्तानी पाएकी हुन् ।

पछिल्ला खेलमा कप्तानी गरेकी अन्जिला तुम्बापो सुब्बा भने बेञ्चमा छिन् । अन्जिला बेन्च रहेपछि अन्जना रानामगर गोलकिपरको भूमिकामा हुनेछन् ।

लाओसविरूद्धको नेपाली टोली
गोलकिपर : अन्जना रानामगर
डिफेन्डर : समिक्षा घिमिरे, गीता राना, निशा थोकर
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बू, सरस्वती हमाल, सविता राना, अनिता बस्नेतर)
फरवा : सावित्रा भण्डारी (कप्तान), रश्मीकुमारी घिसिङ

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज (आइतबा) एएफसी एसियन कपअन्तर्गत समूह ‘एफ’ को छनोटमा आफ्नो पहिलो खेल खेल्न लागेको हो।

उज्वेकिस्तानमा हुने छनोटको पहिलो खेलको समूहमा नेपालका लागि लाओस नयाँ प्रतिद्वन्द्वी हो। दुवै महिला टोली अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भिड्न लागेका हुन्।

फिफा वरीयताको आधारमा लाओस नेपालका लागि बलियो प्रतिद्वन्द्वी भने होइन ।

लाओस महिला फिफा वरीयतामा १०७औं स्थानमा छ। नेपाल भने १००औं स्थानमा रहेको छ।

यो खेल नेपाली महिला फुटबल टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत हो। समूहमा नेपालले यो खेललाई महत्वपूर्ण रुपमा लिएको छ। खेलको नतिजाले नेपालको एसियन कप छनोट यात्रालाई प्रभाव पर्नेछ।

समूहमा नेपालले बुधबार श्रीलंका र शनिबार उज्वेकिस्तानसँग खेल्नेछ। यो समूहमा शीर्ष स्थान हात पारे मात्र नेपाल एसियन कपमा छनोट हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help