जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ६ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ८ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ९ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ११ घन्टा अगाडि
  • ११ घन्टा अगाडि
  • होमपेज
  • ओलीको स्वागतका क्रममा मन्त्रीहरूका गाडी लम्कीमा ठोक्किए

ओलीको स्वागतका क्रममा मन्त्रीहरूका गाडी लम्कीमा ठोक्किए

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री चढेका सवारीसाधन आपसमा ठोक्किने घटना मंगलबार दिउँसो कैलालीको चिसापानीमा भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका दुईवटा गाडी एकअर्कासँग ठोक्किएका हुन्। उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा सहभागी हुन चिसापानी जाँदै थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार, मन्त्री सार्की सवार से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल सवार बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन्।

घटना दिउँसो करिब १:१५ बजे भएको हो।डीएसपी सिंहका अनुसार, गाडीमा सामान्य क्षति भए पनि मानवीय क्षति भने छैन।ठक्करबाट पाल सवार गाडीको पछाडिको भाग, जबकि सार्की सवार गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs