जोडिनुहोस
  • होमपेज
  • उज्यालो नेपाल र प्रलोपा सहकार्यको तयारीमा, छलफल तीव्र

उज्यालो नेपाल र प्रलोपा सहकार्यको तयारीमा, छलफल तीव्र

काठमाडौँ । उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच सहकार्य गर्न छलफल शुरु भएको छ ।

आफुलाई छोडेर बालेन र रवि लामिछानेले एकता गरेपछि उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले डा. बाबुराम भट्टराई र जनार्दन शर्मा रहेको प्रलोपासँग सहकार्य गर्न लागेका हुन् ।

आइतबार मात्र पोखरामा कुलमानले अन्य शक्तिहरुसँग छलफल भइरहेको र छिट्टै नतिजा आउने बताएका थिए । उनले उज्यालो नेपाल पार्टीको सम्मान र स्वाभिमान कम नहुने गरि सबै वैकल्पिक शक्तिसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन भूमिका खेलेका तत्कालिन उर्जमन्त्री जनार्दन शर्मासँग एकता वा सहकार्य हुनसक्ने अनुमान यसअघि पनि गरिएको थियो ।

प्रलोपाका एक नेताले कुलमानसँग विभिन्न चरणमा छलफल भएको र सहकार्य हुने सम्भावना बढी रहेको बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका