जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • मन्त्रीहरूले गलत काम गरे आलोचना गर्नुपर्छ: कोइराला

मन्त्रीहरूले गलत काम गरे आलोचना गर्नुपर्छ: कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मन्त्रीहरूले गलत काम गरे आलोचना गर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले आइतबार गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूले गलत काम गरे आलोचना गर्नुपर्ने बताएका हुन्।

‘जनभावना विरोधी काम गर्ने छुट न त प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई छ,’ कोइरालाले भने, ‘पार्टी सरकारमा छ भनेर गलत काम गर्दा पनि चुप बस्न हुँदैन, गलत काम गरे आलोचना गर्नुपर्छ।’

कांग्रेस र एमाले मिलेर सरकार बनाएकोले गल्ती गर्ने छुट नभएको पनि उनले बताए। जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने कोइरालाको भनाइ छ। अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनले बताए।

‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ,’ उनले भने।