जोडिनुहोस
  • होमपेज
  • लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी। लुलाङ–गुर्जा सडक योजना अन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ। अब थप पाँच किलोमिटर ट्रयाक निर्माण भएमा गुर्जा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ।

धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक खुलिसकेको छ।

लुलाङ–गुर्जा सडक निर्माणका लागि संघीय सरकार, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई–दुई करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए। यस सडक खण्डको निर्माण कार्य तीन करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको वडाध्यक्ष छन्त्यालले जानकारी दिए।

आर्थिक वर्ष २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 115