जोडिनुहोस
  • होमपेज
  • गुजरातले घाइते फिलिप्सको ठाउँमा शनाकालाई अनुबन्ध गर्‍यो

गुजरातले घाइते फिलिप्सको ठाउँमा शनाकालाई अनुबन्ध गर्‍यो

इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली गुजरात टाइटन्सले यस सिजनको बाँकी खेलमा घाइते भएका ग्लेन फिलिप्सको ठाउँमा दसुन शनाकालाई अनुबन्ध गरेको छ ।

शनाकाले यसअघि गुजरातबाट खेलिसकेका छन् र यस सिजनमा टोलीले उनलाई ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । शनाकाले अहिलेसम्म आईपीएलको एक सिजन मात्र खेलेका छन्, जसमा उनले तीन खेलमा २६ रन बनाएका छन् । यद्यपि उनले बलिङ गर्ने मौका पाएका छैनन् ।

सनराइजर्स हैदराबादसँगको खेलमा फिल्डिङ गर्ने क्रममा कम्मरमा चोट लागेका फिलिप्स प्रतियोगिताबाट बाहिरिएर घर फर्किएका छन् । यस्तै गुजरातका अर्का खेलाडी कागिसो रबाडा पनि व्यक्तिगत कारणले अप्रिल ३ मा घर फर्किएका छन् । रबाडा कहिले फर्किन्छन् भन्ने थाहा भएको छैन । गुजरात ६ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Die Entwicklung der Casino -Treueprogramme