जोडिनुहोस
  • होमपेज
  • बजेट कार्यान्वयन आजैदेखि, साउन १ कुर्नु पर्दैन् – अर्थमन्त्री पौडेल

बजेट कार्यान्वयन आजैदेखि, साउन १ कुर्नु पर्दैन् – अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन साउन १ गते कुर्न नपर्ने स्पष्ट पारेका छन्। उनले आजैदेखि बजेट लागू हुने गरी कार्ययोजना सुरु हुने जानकारी दिए। बिहीबार संसदमा प्रस्तुत बजेटबारे पत्रकारहरूसँग कुरा गर्दै पौडेलले बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरे। “खरिद प्रक्रिया र परियोजना तयारी सकिएका कामहरु आजैबाट अघि बढ्न सक्छन्,” उनले भने।

सरकारले अब विकास निर्माणमा ध्यान दिन पुँजीगत खर्च विस्तार,कुल गार्हस्थ्य उत्पादनको ५.३ प्रतिशतसम्म आन्तरिक ऋण लिने योजना छ। स्वदेशी तथा विदेशी लगानीमार्फत पूर्वाधार निर्माण गरिनेछ। वैकल्पिक वित्त स्रोत प्रयोगमा जोड दिइएको छ। डिजिटल भुक्तानीमा लाग्ने १३ प्रतिशत कर र भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम भन्सार कर हटाइएको छ। २५ करोडभन्दा बढीका योजनामा अनुगमन व्यवस्था र राष्ट्रिय विकास बोर्डमार्फत निगरानी गरिनेछ।

पौडेलले अहिलेको बजेट “मितव्ययी र प्राथमिकतामा आधारित” भएको बताए। वन क्षेत्रका जग्गा प्रयोग तथा स्वास्थ्य बीमा व्यवस्थापनसम्बन्धी सुधार पनि बजेटमा समावेश गरिएको उनको भनाइ छ। उनले भने, “यो बजेटले संघ, प्रदेश र स्थानीय सरकारलाई सन्तुलित ढंगमा काम गर्न सक्षम बनाउनेछ।” बजेटले लगानीमैत्री वातावरण सिर्जना गर्ने विश्वास सरकारको रहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14