देश
रुपन्देही–३ उपनिर्वाचन : कांग्रेसमा उम्मेदवार चयनको दौड तीव्र, खाँणले उम्मेदवारी नचाहेको संकेत

रुपन्देही । रुपन्देही ३ को उपनिर्वाचनलाई लिएर ठुला दलमा पेचिलो छलफल सुरु भएको छ ।
कात्तिक १७ गते हुने उपनिर्वाचन सवै ठुला दलले प्रतिष्ठाको विषय ठानेका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा केही स्वतन्त्र समेतले आफनो पक्षमा जित निकाल्न चुनावी छलफललाई तिव्रता दिएका छन् । समानुपातिक र स्थानीय तहमा पहिलो कांग्रेसले रुपन्देही, ३ निर्वाचनमा कसलाई उम्मेदवार बनाउँछ सवैको चासो हुनु स्वभाविक हो ।
यसैविच कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आफना शिर्ष नेतासँग रूपन्देही ३ को उपनिर्वाचन केन्द्रित छलफल गरे । छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा, अघिल्लो निर्वाचनमा पराजित पूर्वगृहमन्त्री, केन्द्रीय सदस्य बालकृष्ण खाँण, लुम्बिनी कांग्रेस प्रदेश सभापति अमरसिंह पुन सहभागि थिए । सो क्षेत्रको खास अवस्था बुझेर फर्केकाले महामन्त्री शर्माले स्थलगत जानकारी दिए ।
खाँण र प्रदेश सभापति पुन समेतको छलफलमाकांग्रेसले अघिल्लो निर्वाचनमा स्थानीय तहमा पाएको मत, पराजित हुनुको कारण लगायतमा विश्लेषण भए । निर्वाचन रणनीति र स्थलगत अवस्थामा ‘रूपन्देही, ३ कांग्रेस समानुपातिक, स्थानीय तहमा पहिलो पार्टी हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा नमुछिएको भए पूर्व गृहमन्त्री एवं केन्द्रीय सदस्य खाँण पहिलो दावेदार हुन् । भुटानी शरणार्थी प्रकरणमा सात महिना जेल बसेका उनी २८ मंसिर, २०८० मा उच्च अदालत पाटनको आदेशबाट धरौटीमा थुनामुक्त भएका हुन् । यो सँगै रुपन्देही, ३ मा कांग्रेसबाट खाँणसहित, भरत शाह, प्रमोद यादव, रमेश खनाल लगायतको नाम चर्चामा छ । युवा नेता यादव खाँडका विश्वास पात्र पनि हुन् ।
यता, खाँणले रूपन्देही, ३ मा उम्मेदवार हुने इच्छा राखेका छैनन् । देउवासँगको छलफलमा पनि खाँणले उम्मेदवार हुने इच्छा नराखेको एक नेताले बताए । अदालतमा मुद्धा विचराधीन रहेकाले निर्वाचनमा नउठ्ने आसय व्यक्त ‘ गरेको ती नेता बताए । कांग्रेस नेता यादवले पनि खाँणले हालसम्म मुख नखोलेको बताए । ३२ असारमा कोइराला निवास विराटनगर पुगेका खाँणलाई पत्रकारले उम्मेदवार हुने कि नहुने प्रश्नमा उनी खुलेर बोल्न चाहेनन् ।
धार्मिक भ्रमणमा खाँडसँग प्रायः सँगै हुने यादवले खाँणले रुपन्देही, ३ का नेतासँग पनि कुनै संवाद गरेको जिकिर गरे । हाल पनि खाँड रूपन्देहीका कांग्रेस नेता प्रमोद यादवलाई लिएर धार्मिक यात्राको क्रममा भारतमा छन् । रुपन्ेदहीका सवै क्षेत्रमा राम्रो छवि बनाएका यादवले राम्रो तयारी गरे रुपन्देही, ३ को उपनिर्वाचनमा कांग्रेसले जित निकाल्न सक्ने एकथरि कांग्रेसको बुझाई छ ।
गत चुनावमा राप्रपाका दीपक बोहरासँग कांग्रेस उम्मेदवार खाँण पराजित भएका हुन् । बोहराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणले ३४ हजार ३६ मत ल्याएका थिए । एमालेसँगको चुनावी तालमेलका कारण राप्रपा उम्मेदवार बोहराले २६८१ मतान्तरले खाँणलाई हराए । गत चुनावमा समानुपातिक र स्थानीय तहमा कांग्रेस यस क्षेत्रमा पहिलो दल बनेको थियो । कांग्रेसले २० हजार २७९, एमालेले १६ हजार ९८६ र समानुपातिकमा तेस्रो स्थानको मत रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो ।




































