जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली मन्त्रिपरिषद् फेरबदलको तयारीमा, कांग्रेस सभापति देउवासँग छलफल हुने

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् फेरबदलको तयारीमा, कांग्रेस सभापति देउवासँग छलफल हुने

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् फेरबदल गर्ने तयारी थालेका छन्। आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मन्त्री फेरबदलको विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीले हालका मन्त्रीहरूको कार्यसम्पादनप्रति सन्तुष्टि नजनाई केही मन्त्रीहरूलाई फेरबदल गर्ने योजना बनाएका हुन्। यसअघि पनि मन्त्री फेर्ने प्रयास भएको थियो, तर कांग्रेस सभापति देउवाको अनिच्छाका कारण त्यसमा प्रगति भएको थिएन।

ओलीले आफ्नो दल एमालेका केही मन्त्रीसँगै कांग्रेस र लोसपाका मन्त्रीहरूलाई पनि फेरबदल गर्ने मनस्थिति बनाएका छन्। कमजोर कार्यसम्पादन, विवाद, सत्ता साझेदारका सरोकार र पार्टी भित्र देखिएको गुटगत चलखेललाई ध्यानमा राखेर मन्त्री परिवर्तन हुने अपेक्षा गरिएको छ।

धेरै टिप्पणी गरिएका