जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • ५ मिनेटutes अगाडि
Cashed Salle de jeu un brin Jeux & Gratification
  • ५ मिनेटutes अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • १0 मिनेटutes अगाडि
Originel Casino un peu 2026 Archivage Au top quinze En france
  • ११ मिनेटutes अगाडि
Vegas Hero Salle de jeu Review Partenaire & Player Ratings 2025
  • ११ मिनेटutes अगाडि
  • होमपेज
  • दोस्रो जनआन्दोलनका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

दोस्रो जनआन्दोलनका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

काभ्रे— दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। उपचारका क्रममा बुधबार राती उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए।

नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए। १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा उपचाररको क्रममा निधन भएको हो।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो। गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए। ओछ्यानबाट लडेका मुकेश कहिल्यै उठेनन्। १७ वर्षदेखि उनी जीवन र मृत्युसँग लडिरहेका थिए।

निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए। उनको उपचारमा संलग्न स्वर्गीय डा। उपेन्द्र देवकोटा र बसन्त पन्तले पनि उनमा आएको सुधारलाई ‘चमत्कार’भनेका थिए।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्