जोडिनुहोस
  • होमपेज
  • कांग्रेस कार्यालय सानेपामा तनाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

कांग्रेस कार्यालय सानेपामा तनाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले नेताहरूलाई पार्टी केन्द्रीय कार्यालय सानेपा प्रवेशमा अवरोध गरेका छन् ।

कांग्रेस कार्यकर्ताहरुले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरेका छन् । कार्यसम्पादन समितिको बैठक बस्नुपूर्व विशेष पक्षधरसहितका कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा घेराउ गर्दा स्थिति तनावपूर्ण बनेको छ ।

पार्टीले विशेष महाधिवेशनबारे निर्णय लिन आनाकानी गरेको भन्दै कार्यकर्ताहरूले नेतालाई कार्यालय प्रवेशका क्रममा अवरोध गरेका हुन् ।

अवरोधपछि नेताहरु कार्यालयको पछाडिको बाटोबाट प्रवेश गरेका थिए । स्थिति तनावपूर्ण भएपछि अहिले कांग्रेस कार्यालय परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ

धेरै टिप्पणी गरिएका