जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । यसअघि मंगलबारको बैठक बस्दै नबसी स्थगित गरेर आज बिहान ८ बजेका लागि बैठक बोलाइएको छ ।

विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्दै नबसी स्थगित भएको थियो ।संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

त्यस्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र मंगलबार समाप्त भएको छ भने आज नेतृत्व चयनको लागि निर्वाचन गर्ने बताइएको छ । निर्वाचन समितिले बिहान ८ बजे महाधिवेशन प्रतिनिधिहरुलाई भृकुटीमण्डपमा आउन आग्रह गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका