जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • ध्यानाकर्षणका लागि बाढी नकुरौं, बाढीपछि बैठक होइन उद्धारमा जुटौंं: विश्वप्रकाश शर्मा

ध्यानाकर्षणका लागि बाढी नकुरौं, बाढीपछि बैठक होइन उद्धारमा जुटौंं: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले हरेक वर्ष बर्खामा देखिने दृश्य यसपालिदेखि परिवर्तन गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले बर्खाको समयमा बाढीपहिरो, आपतकालीन बैठक र दलहरूले बक्तव्यबाजी गर्नै दृश्य यसपालि बदल्नुपर्ने बताएका हुन्। ‘यसपालि दृश्य बदलौं। ध्यानाकर्षणका लागि बाढी नकुरौं। बाढीपछि बैठक होइन उद्धारमा जुटौं,’ उनले भने, ‘गाउँमा कसैको घरमा आगो लाग्दा मानिसहरू बैठक गर्दैनन् । पानी खोज्छन्।’

शर्माले भूगर्वविदरुहरूले औँल्याएका पहिरोको जोखिम वस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्य कार्यान्वयनमा तदारूकता देखाउन पनि आग्रह गरे। जलवायु परिवर्तन भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदी कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित रहेको बताउँदै उनले विपद व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनिकरणसम्बन्धी संसोधित ऐन २०७५ बमोजिम व्यवस्थित गर्नुपर्ने बताइने।

‘आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा ब्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौं,’ उनले भने।