जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • भाइको सट्टामा एसईई दिने दाइ पक्राउ

भाइको सट्टामा एसईई दिने दाइ पक्राउ

काठमाडौं।दैलेख प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।

त्रिभुवन माध्यमिक विद्यालय केन्द्रमा भाइको सट्टामा एसईई परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकर बहादुर तारीमाले जानकारी दिए।

एसईई परीक्षाको पहिलो दिन महाबु गाउँपालिकाको गैडाबाज माध्यमिक विद्यालय रानीवनका नियमित एसईई परीक्षार्थी भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका बेला पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

पक्राउ परेका दाइ नारायण नगरपालिका–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको पाइएको छ। आजदेखि एसईई परीक्षा सुरु भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्