जोडिनुहोस
  • होमपेज
  • टी-२० महिला विश्वकपको ग्लोबल छनोट हेर्न फ्रि-इन्ट्री

टी-२० महिला विश्वकपको ग्लोबल छनोट हेर्न फ्रि-इन्ट्री

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट हर्न टिकट नलाग्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले छनोटको लागे फ्रि-इन्ट्रीको घोषणा गरेको हो ।

छनोट आइतबारबाट शुरू हुँदैछ । छनोटका खेलहरु टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालसँगै थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वे समूह ‘बी’ मा छन् । यस्तै बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका समूह ‘ए’ मा रहेका छन् ।

समूह चरणबाट शीर्ष ३-३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टोली यसै वर्ष इंग्ल्याण्ड र वेल्समा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

नेपालले आइतबार थाइल्याण्डसँग खेल्दै छनोटको शुरूवात गर्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका