जोडिनुहोस
  • होमपेज
  • स्प्रिङ एक्सचेन्ज क्याम्प सुरु, पुरानो सवारी साटेर नयाँ टाटा लिन सकिने

स्प्रिङ एक्सचेन्ज क्याम्प सुरु, पुरानो सवारी साटेर नयाँ टाटा लिन सकिने

काठमाडौं — नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि।ले आजदेखि ‘स्प्रिङ एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ। कम्पनीका अनुसार उक्त कार्यक्रम चैत ६ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन हुनेछ।

यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधनलाई अग्रिम भुक्तानीका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ विद्युतीय तथा इन्धनबाट चल्ने सवारी साधन खरिद गर्न सक्नेछन्। जुनसुकै कम्पनीका पुराना सवारी साधन साटेर टाटाका अत्याधुनिक प्रविधियुक्त यात्रुवाहक गाडीहरू लिन सकिने कम्पनीले जनाएको छ।

यो क्याम्प टाटा मोटर्सका देशभर रहेका प्रदर्शनी कक्षहरूमा सञ्चालन भइरहेको छ। कार्यक्रम अवधिभर गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, सटही बोनस तथा आवश्यक सामग्रीहरू प्राप्त गर्नेछन्। साथै सिप्रदीको चार्जिङ सञ्जालमा आजीवन निःशुल्क चार्जिङ सुविधा, एक वर्षको सवारी कर तथा निःशुल्क चार्जिङ उपकरण जडानको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

हरेक बुकिङमा ग्राहकहरूले आकर्षक उपहार प्राप्त गर्नेछन् भने बम्पर उपहार योजनाअन्तर्गत आइफोन १७ प्रो जित्ने अवसर पनि रहनेछ।

यसका साथै, क्याम्प अवधिभर ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा आधुनिक डिजाइनका सवारी साधनहरूको अवलोकन गर्नुका साथै परीक्षण यात्रा ९टेस्ट ड्राइभ० गर्ने अवसर पनि पाउनेछन्।