जोडिनुहोस
  • होमपेज
  • करको दरमा वृहद पुनरावलोकन, आयकर छुटको सिमा दोब्बर

करको दरमा वृहद पुनरावलोकन, आयकर छुटको सिमा दोब्बर

काठमाडौं— अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत करको दरमा वृहद पुनरावलोकनको घोषणा गरेका छन् ।

आयकरमा छुटको सिमा दोब्बर गरेको व्यक्तिका लागि १० लाख पुर्याएको उनले बताए ।

व्यत्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दूले घटाएको पनि उनले जानकारी गराए ।

सरकारले नेपालमा बस्तु उत्पादनमा प्रयोग हुने कच्चा बस्तुको भन्सार दर घटाएको छ ।

नेपालमा बस्तु उत्पादन गर्दा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटेको हो ।

आर्थिक वर्ष २०८३—८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।

कच्चा पदार्थको भन्सार दर कम हुदा नेपालमा बस्तु उत्पादनको लागि सहज हुने छ ।